८. समितिको कोष
(१) समितिको एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन् ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम ।
(ख) कुनै व्यक्ति वा संस्थाले चन्दा वा सहायता स्वरूप प्रदान गरेको रकम ।
(ग) अन्तर्राष्ट्रिय संघ, संस्था, विदेशी सरकार वा व्यक्तिबाट प्राप्त रकम ।
(घ) समितिले उपलब्ध गराएको कुनै सेवा वापत प्राप्त हुने रकम ।
(ङ) समितिसंग सम्बन्धित जिल्ला विकास समिति वा गाउँ विकास समितिबाट प्राप्त अनुदान रकम ।
(च) मनकामना देवीको मन्दिरमा भक्तजनहरूद्वारा चढाइएको रकम मध्ये समितिले तोकेको रकम ।
(छ) अन्य स्रोतबाट प्राप्त रकम । (२) उपदफा (१) को खण्ड (ग) अन्तर्गतको रकम प्राप्त गर्नु अघि समितिले नेपाल
सरकारको स्वीकृति लिनु पर्नेछ ।
(३) समितिको कोष रहने रकम नेपालको कुनै बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ ।
(४) समितिको नामबाट गरिने सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट ब्यहोरिनेछ ।
(५) समितिको खाता सदस्य–सचिव र अध्यक्ष वा निजले तोकेको सदस्यको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।